७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा



भैरहवा । एक खेल अगाबै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर फोरबाट फाइनल पुगेको वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ९५ रनको योगफल बनायो । उसका लागि सन्तोष यादवले ४०, साहब आलमले ३२, निश्चल चौधरी र धिरज शाहीले २३-२३ तथा विराट भण्डारीले १५ र प्रज्वल थापाले १३ रनको योगदान दिए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ५, बिष्णु कटरिया, मोहम्मद हुसेन, रोशनलाल गुप्ता र तुसार चौहानले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै समेटियो । उसका लागि मोहम्मद हुसेनले ३८, विजय प्रजापतिले १९, रोशनलाल गुप्ताले १७, शिवकुमार मौर्यले १४ र समिर खानले ११ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका सन्तोष यादवले ४, धिरज शाहीले ३, अजयकुमार चौहानले २ तथा इकलाख वारिसले १ विकेट लिए । लुम्बिनी खुकुरीका सन्तोष यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए । बिहीबार सुपर फोरको अन्तिम खेल तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल ४ गते शनिबार हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल