२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

सकियो खजुराको महायज्ञ, खजुरालाई लक्ष्मीनाराण दिब्यधाम घोषणा

५० लाख संकलन, गाँउपालिकाबाट धार्मिक पर्यटनलाई गौरवको योजनामा समावेश



खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट बाँकेको खजुरामा सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञबाट ५० लाख बढी संकलन भएको आयोजक महायज्ञ सम्पादन समितिले जनाएको छ ।

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य सहित महायज्ञ आयोजना गरिएको हो । महायज्ञको लक्ष्यलाई अपनत्व ग्रहण गर्दै खजुरा गाँउपालिकाले खजुरालाई पर्यटकिय क्षेत्र बनाउने र विशाल आकारको मूर्ति स्थापना गर्न गौरवको योजनामा समावेश गर्ने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार १८८२ ताका स्थापना भएको खजुरा १ को मैटहवा मन्दिर, राणाकालमै बनेको सन्तकुटी कुवा, मानव बस्ती बस्नु अघिको नारायणी तलौवा, हिन्दुर र मुस्लिमको संयुक्त तिर्थस्थल मुस्केटवा मिजार बाबा सहित खजुरा क्षेत्रमा रहेका धार्मिक स्थललाई धामकारुपमा विकास गर्दै एकीकृत दिब्य धाम स्थापना गर्ने अभियान रहेको छ ।

महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गरिने र सरकारी सहकार्यमा कार्य सम्पन्न गरिने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । उनले आफ्नो राजनीति भन्दा अन्य पेशा नभएको दाबी गर्दै फेरिपनि आयोजकले मागेको रकम दिन आफु तयार रहेको बताए ।

सन्त दीनदयाल महाराजले खजुरा परम्परादेखि नै तिथर्गस्थल रहँदै आएको उल्लेख गर्दै तीनै तिर्थस्थललाई समेटेर खजुरालाई धार्मिक दिब्यधाम बनाउन सकिने बताए । उनले लक्ष्मीनारायण दिब्यधामकारुपमा खजुरालाई विकास गरेर लगिने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले स्थानीय सरकार खजुराबासीको अभियानमा साथमा रहेको बताइन् ।

उपाध्यक्ष मल्ल महायज्ञको सर्वोकृष्ठ दानकर्ता पनि हुन् । उनले महायज्ञमा १ लाख ५५ हजार ५५५ दान गरेकी थिइन् ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालको संरक्षकत्वमा भएको महायज्ञमा पंडित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए भने उनी सहितको संगीत मण्डलीले सन्देशमुलक भजन प्रस्तुत गरेका थिए ।

समापनका अवसरमा संकल्पकर्ता दीनदयाल जी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ०८ बजे

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक

विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल