१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सकियो खजुराको महायज्ञ, खजुरालाई लक्ष्मीनाराण दिब्यधाम घोषणा

५० लाख संकलन, गाँउपालिकाबाट धार्मिक पर्यटनलाई गौरवको योजनामा समावेश



खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट बाँकेको खजुरामा सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञबाट ५० लाख बढी संकलन भएको आयोजक महायज्ञ सम्पादन समितिले जनाएको छ ।

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य सहित महायज्ञ आयोजना गरिएको हो । महायज्ञको लक्ष्यलाई अपनत्व ग्रहण गर्दै खजुरा गाँउपालिकाले खजुरालाई पर्यटकिय क्षेत्र बनाउने र विशाल आकारको मूर्ति स्थापना गर्न गौरवको योजनामा समावेश गर्ने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार १८८२ ताका स्थापना भएको खजुरा १ को मैटहवा मन्दिर, राणाकालमै बनेको सन्तकुटी कुवा, मानव बस्ती बस्नु अघिको नारायणी तलौवा, हिन्दुर र मुस्लिमको संयुक्त तिर्थस्थल मुस्केटवा मिजार बाबा सहित खजुरा क्षेत्रमा रहेका धार्मिक स्थललाई धामकारुपमा विकास गर्दै एकीकृत दिब्य धाम स्थापना गर्ने अभियान रहेको छ ।

महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गरिने र सरकारी सहकार्यमा कार्य सम्पन्न गरिने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । उनले आफ्नो राजनीति भन्दा अन्य पेशा नभएको दाबी गर्दै फेरिपनि आयोजकले मागेको रकम दिन आफु तयार रहेको बताए ।

सन्त दीनदयाल महाराजले खजुरा परम्परादेखि नै तिथर्गस्थल रहँदै आएको उल्लेख गर्दै तीनै तिर्थस्थललाई समेटेर खजुरालाई धार्मिक दिब्यधाम बनाउन सकिने बताए । उनले लक्ष्मीनारायण दिब्यधामकारुपमा खजुरालाई विकास गरेर लगिने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले स्थानीय सरकार खजुराबासीको अभियानमा साथमा रहेको बताइन् ।

उपाध्यक्ष मल्ल महायज्ञको सर्वोकृष्ठ दानकर्ता पनि हुन् । उनले महायज्ञमा १ लाख ५५ हजार ५५५ दान गरेकी थिइन् ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालको संरक्षकत्वमा भएको महायज्ञमा पंडित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए भने उनी सहितको संगीत मण्डलीले सन्देशमुलक भजन प्रस्तुत गरेका थिए ।

समापनका अवसरमा संकल्पकर्ता दीनदयाल जी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ०८ बजे

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले