१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले पहिला बलिङको निम्तो पाएको छ। नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन्।

यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ। यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

नेपालको प्लेइङ–११

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : १६ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ

एआईजी नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय