३० बैशाख २०८१, आइतबार | May 13, 2024

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप



मङ्गलबारे । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड-१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ ।

यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए । उनले १२ वर्षमाथिका सबैलाई खोप दिइने बताए । गर्भवती, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्ने शाक्यको भनाइ छ ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोज लगाइनेछ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो । पहिलो मात्रा लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने छ । पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका अग्रपङ्तीमा खटिने सबैलाई खोप दिइने शाक्यले बताए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिए । जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ नागरिकलाई पहिलो बुस्टर डोज लगाउने लक्ष्य छ ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ । दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर खोप दिइने छ । इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट खोपको व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले खोप लगाउन सबैैलाई आह्वान गरिएको छ । इलाममा खोपको पहिलो मात्रा लगाउने सङ्ख्या एक लाख ९९ हजार तीन सय ८८ जना रहेको छ । खोपको दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८४ हजार आठ सय १४ जना छ । पहिलो बुस्टर डोज लगाउनेको सङ्ख्या एक लाख २१ हजार तीन सय २१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : १३ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट