१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आसिफको विष्फोटक शतकमा नेपाललाई विशाल लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई विशाल लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको छ ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एकरएक विकेट रह्यो ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ३१ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ

एआईजी नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय