६ पुस २०८२, आइतबार | December 21, 2025

कुशल भुर्तेल आउट, दबाबमा नेपाल



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् ।

१६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए । तर, ब्याटको धार लागेर विकेटकिपरबाट क्याचआउट भए ।

कुशलले ३५ बलमा ५० रन बनाए । जसमा ४ छक्का र ३ चौका समावेश थिए । कुशलको विकेटले नेपाल चरम दबाबमा परेको छ । अहिले भीम सार्की र आरिफ शेख क्रिजमा छन् ।

कुशलले रनरेटलाई काबुमा राखेर ब्याटिङ गरिरहेका थिए । उनी आउट भएपछि यूएईका बलरहरुले नेपालमाथि थप दबाब बढाउनेछन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : १४ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक