१६ असार २०८३, मंगलबार | June 30, 2026

यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा पुग्न सफल



काठमाडौं । नेपाल विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डकवर्थ लुइसका आधारमा ९ रनले पराजित गर्दै एकदिवसीय विश्वकप ग्लोबल क्वालिपायरका लागि छनौट भएको हो । आउने जुलाईमा जिम्बाबेमा हुने खेललाई नेपालले सुरक्षित राख्न सफल भएको छ ।

यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउँदै गर्दा सिमसिम पानी पर्न थालेपछि अम्पायरले खराब प्रकाशको कारण देखाउँदै खेल स्थगित गरेका थिए । पछि, नेपाललाई डीएल विधिअनुसार विजेता घोषणा गरिएको हो ।

अम्पायरको यो घोषणाप्रति यूएईका खेलाडीले भने आपत्ति जनाएका छन्। उनीहरुले खेललाई निरन्तराता दिनुपर्ने माग गरेका थिए ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो भने नेपालले लक्ष्य पुरा गरेको सबैभन्दा उच्च योगफल पनि हो ।

नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्काको मद्धतमा ५० रनको आक्रामक अर्धशतक बनाए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । मध्यक्रमका ब्याटर भीम सार्कीले पनि अर्धशतकिय पारी खेले । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

यसैगरी आरिफ शेखले पनि अर्धशतक बनाए । उनले ६२ बलमा २ चौकासहित ५२ रन बनाएर आउट भए । र, बलर गुल्सान झाले आक्रामक अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५० रन बनाए ।

यस्तै, ओपनर आसिफ शेख शून्य रनमै आउट हुँदा कुशल मल्लले ५ रन, कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा आयान अफजल खानले दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एकरएक विकेट रह्यो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : ४९ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग