५ पुस २०८२, शनिबार | December 20, 2025

शिवम् सिमेन्टको “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न



काठमाडौ । शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।

आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले ५/५ तोला सुन प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेका छन त्येस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन् साथै चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

यस अघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन् जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी. चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : ०५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता