१ चैत्र २०८२, आइतबार | March 16, 2026

१३५ मेगावाट मनाङ-मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र



लमजुङ । हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ-मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेकोे छ ।

कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

मनाङ-मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन ।

आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् ।

आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ११ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन