१६ असार २०८३, मंगलबार | June 30, 2026

विश्वकप छनौटमा पुग्न सफल क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनौटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा यूएईलाई ९ रनले पराजित गर्दै ग्लोबल छनौटमा पुग्न सफल खेलाडीहरुसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । आगामी जुन जुलाईमा जिम्बाबेमा विश्वकप छनौट खेल हुँदैछ ।

खेलाडी र अफिसियलहरुसँग आफ्नो निवास बालुवाटारमै बोलाएर भेटेका प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका थिए । उनले सोही क्रममा प्रतिखेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका हु्न् ।

प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन क्रिकेट रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रतिवद्धता जनाएका छन् । उनले त्रिवि क्रिकेट मैदानमा सडलाइट र स्कोरबोर्ड व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस : यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा पुग्न सफल

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ५९ बजे

महान्यायाधिवक्ता डा कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र