४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् : वरिष्ठ उपाध्यक्ष ढकाल



महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताएका छन् ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ । ”
अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै सहज हुँदै गएको समेत बताए ।“कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए । बैंकिङ्ग क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो ।

तर अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,” उनले भने।

उनले महासंघको आगामि चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरुका समस्याको समाधान गर्न पहल गर्ने बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको