८ बैशाख २०८१, शनिबार | April 20, 2024

अक्सफोर्ड माविमा विदाई तथा शुभकामना : ‘संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता’



बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका ८३४ विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीद्वारा तिलोत्तमा स्थित ड्रिमल्याण्डमा आयोजित कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई बिदाइ गरिएको हो ।

मा.वि का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गर्दै राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षा क्षेत्रमा नीजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए । उनले शिक्षा व्यवहारमा लागू गर्ने प्रकृतिको हुनुपर्ने भन्दै कक्षा १२ पास भएर जाने विद्यार्थीहरुले देशको लागि योगदान दिने प्रकृतिको काम गर्नको लागि समेत आग्रह गरेका थिए ।

देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले सोही अनुसार राष्ट्र र राष्ट्रियतामा लक्षित योजना निर्माण गरी सोही अनुसारको कार्य प्रगति गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड मा.वि ले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गरे । उनले यसको गरिमालाई जोगाउन आफुहरू निरन्तर लागेको बताउदै कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीले समेत यो गरिमा जोगाउन कटिबद्ध रहन आग्रह गरे ।

प्राध्यापक सुमन भुसालले प्राध्यापक, विद्यार्थी तथा अभिभावकको मिहिनेतको कारण छोटो समयमै सफलता मिलेको बताए ।

सो अवसरमा राष्ट्रिय कलाकार प्रमोद खरेलको विशिष्ट आतिथ्यता,राष्ट्रिय परीक्षा बोर्ड बुटवल शाखा अधिकृत बाबुराम भण्डारी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, अक्सफोर्ड मा.वि सञ्चालक समिति सदस्य ललित खरेल, लेखा समिति संयोजक रोषराज भण्डारी, प्राध्यापक दिवाकर रेग्मी, थानेश्वर भण्डारी, गोविन्द गौतम, सन्जय मरासिनी, माया घिमिरे, नारायण सापकोटा, अक्सफोर्ड मा.वि लेखा समिति संयोजक रोषराज भण्डारी, प्राध्यापक वीर बहादुर क्षेत्री, धर्म पौडेल, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरे भने राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयको गीतका गायक प्रमोद खरेलले विभिन्न गीतहरूमा प्राध्यापक, विद्यार्थी तथा कर्मचारीलाई छमछमी नचाएका थिए ।

कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो । १ हजार ७ सय ८० जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ-आफ्ना नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा अमुल्य योगदान गर्नुहुने प्राध्यापकहरू महेश शर्मा, केशव भट्टराई, कृष्णप्रसाद पाण्डे, लक्ष्मण घिमिरे विष्णु बस्याल, विपत चौधरी, थानेश्वर भण्डारी, दिवाकर रेग्मी, प्रदिप ज्ञवाली, झविन्द् मरासिनी, थानेश्वर भण्डारी, सन्जय मरासिनी, गोविन्द गौतम, राजकुमार पाण्डे, सुशील खनाल, विष्णु खनाल, अनिल न्यौपाने र बालकृष्ण प्रोखरेललाई दोसल्ला, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै १० बर्ष भन्दा लामो समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्योती, वीर बहादुर क्षेत्री तथा कर्मचारीहरू तेज बहादुर आले, विष्णु बहादुर सिंन्जाली र ज्ञान बहादुर थापालाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्राध्यापक द्वय विष्णु खनाल, वीर बहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न के. सी, सुदीक्षा भट्टराई लगायतले गरेका थिए भने प्राध्यापक नारायण सापकोटाले कविता मार्फत विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : २६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन