१४ बैशाख २०८३, सोमबार | April 27, 2026

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत



काठमाडौं । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८ औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १-० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेकाे थियो, त्यसमाथी  ४३ औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २-० को  अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५ औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढयो तर ६३ औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउदै खेललाई ३-१ को स्थिति बनाए ।

तर,  ७४ औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२ औं स्थानमा छ । आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : २० बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ

एआईजी नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय