२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

खलिस्तानी हिंसामा उत्रे पछि भारतले ब्लक गरयाे क्यानेडली सांसदसहितकाे टविटर एकाउन्ट



नयाँदिल्ली । भारतमा धेरै खालिस्तान समर्थकहरूको टविटर एकाउन्ट ब्लक गरिएको छ । यसरी टविटर एकाउन्ट ब्लक हुनेमा क्यानडाको न्यू डेमोक्र्याटिक पार्टीका सांसद जगमीत सिंह, क्यानडाकी कवयित्री रुपी कौर, स्वैच्छिक संस्था युनाइटेड सिख र क्यानडाका कार्यकर्ता गुरदीप सिंह सहोताको ट्विटर अकाउन्ट पनि ब्लक गरिएको छ ।

जगमीत सिंह भारत विरोधी टिप्पणीका लागि परिचित छन् । उनको टिप्पणीले विभिन्न देशमा यी खालिस्तान समर्थकहरुको आक्रमण बढेको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।

उता, खलिस्तान समर्थकहरूले आइतबार लन्डनस्थित भारतीय उच्चायोगमा तोडफोड गरेका थिए । लण्डनस्थित भारतीय उच्च आयोगमा खलिस्तान समर्थकले तोडफोड र भवनबाट भारतीय झण्डा हटाउने खोजेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

लन्डन घटना पछि खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमासमेत हमला गरेका छन् । सोमबार अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासमा भएको आक्रमणप्रति भने भारतले कडा विरोध गरेको छ । अमेरिकी इन्चार्जलाई बोलाएर सम्पत्ति तोडफोडप्रति कडा आपत्ति जनाएको हो ।

अमेरिकी सरकारलाई कूटनीतिक प्रतिनिधित्वको संरक्षण र संरक्षण गर्ने आफ्नो मौलिक दायित्वको सम्झना गराइएको थियो, राज्य विभागले एक विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : २६ बजे

Your email address will not be published.

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र