१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा


८ चैत्र २०७९, बुधबार  

221
Shares

बागलुङ । आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।

असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“बागलुङ भगवतीमा विशेष शक्ति छ भन्ने मान्यताले भक्तजन यहाँ आउँछन्”, खड्काले भने “गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गर्छ ।”

नवरात्रको अघिल्लो दिन मङ्गलबार मन्दिर परिसर सरसफाइ गरिएको छ । परिसरमा रहेका सत्तल, मठ र अन्य स–साना मन्दिरहरुसमेत चिटिक्क पारिएको छ । नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताए । सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उनले जानकारी दिए ।

चैतेदशैँका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ । मेला चैतको १३ गतेदेखि सुरु हुनेछ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य गुठीको छ । विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको ऊनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो ।

तराईबाट मसलालगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एकापसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो । लामो समयदेखि स्वतःस्फुर्त रुपमा चैतेदशैँको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

चैतेदशैँ मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण बितेका केही वर्ष हुन नसकेको मेला यसपटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउँछन् । मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ ।

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसँगै फेन्सी तथा होटल रेष्टुराँका कक्षहरु पनि राखिनेछन् । बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयलाई प्याकेजका रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : ४० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो