२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रियसभामा सरकारलाई प्रश्न – बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?



काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रियसभामा प्रवेश पाएको छ ।

नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलवार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन् ।

राष्ट्रियसभाको जारी बैठकको शून्य समयमा पुर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै  किन मुख थुनिएको हो रु भन्दै त्यसको जवाफ माग गरेकी हुन ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै राईले भनिन ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : १८ बजे

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा