१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मधेश प्रदेशमा भाटभटेनीको सेवा बिस्तार, खुल्यो विरगञ्जमा २४ औं स्टोर



बुटवल । मुलुककै ठूलो चेन सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा स्थापना भएको छ । मुलुकका विभिन्न शहरमा स्टोर निर्माण गरी आक्रामक बजार बिस्तार गर्दै आएको भाटभटेनीको विरगञ्ज शाखा आज औपचापरिक शुभारम्भ गरिने भएको हो ।

यो स्टोर मधेश प्रदेशमा पहिलो स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । २ अर्ब ५० करोड बढीको लागतमा स्थापना गरिएको स्टोर सञ्चालनमा आएसँगै स्थानीय २५० बढीले प्रत्येक्ष रोजगारी पाउने उनले बताए ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दाबी गरे । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

बिरगञ्ज महानगर-१४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको हो । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ ।

फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनि बताउछन । हामीले यस स्टोरको संचालनबाट यँहाका स्थानीयहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने विश्वास लिएका छौं ।’–उनले भने ।

यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, बाबु नाानीहरु खेल्नका लागि किड्स जोन, लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको पनि जानकारी गराए ।

आर्थिक संकटसँग जुध्न भाटभटेनीको आक्रामक शैली

मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने बजार विस्तारलाई थप आक्रामक बनाएका छ । उद्योगी तथा व्यवसायीहरु आर्थिक रुपले थला परिरहेको समयमा भाटभटेनीले नयाँ शैलीमा आफ्नो बजार विस्तारलाई अघि बढाएको हो । मुलुकको आर्थिक संकटलाई टार्नका लागि सबै उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबाहादुर गुरुङले बजार विस्तारलाई नरोकेको उल्लेख गरे ।

अन्य उद्योगी व्यवसायीहरु जस्तै आफू पनि आर्थिक संकटको मारमा परेको उल्लेख गर्दै उनले रोजगार सिर्जना र आर्थिक चलायमानलाई कायम राख्नकालागि रोकिन नमिल्ने बताए । “अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ, गुरुङले भने, “यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रोसाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकेका छैनौँ ।

कोरोना महामारीको समयमा समेत नरोकिएको भाटभटेनीले त्यसपछि हालसम्म पाँच ठाउँमा नयाँ स्टोर सञ्चालनमा ल्याइसकेको छ । इटहरी, धनगढी, हेटौंडा, काठमाडौंको टोखा, र ललितपुरको सानागाउँ यो बीचमा सञ्चालनमा आएका नयाँ स्टोर हुन । मुलुकमा आर्थिक समस्या परेको बेलामा चुपचाप बस्न नमिल्ने बताउँदै प्रबन्ध निर्देशक गुरुङले आर्थिक क्रियाकलापलाई गति दिएर मात्र यो संकटबाट मुक्ति पाउन सकिने उल्लेख गरे ।

‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।’–उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा मलाई खुसी लागेको छ ।’ भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरिहेको छ ।

२०८० भित्रै मधेस प्रदेशको राजधानी जनकपुर र झापाको विर्तामोड तथा दमकमा थप स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीका सिइयो पानु पौडेलले बताए । भाटभटेनीले तराई क्षेत्रका सहरहरुमामा सुपर स्टोर संचालनमा ल्यायपछि जाँदा छिमेकी मुलुक भारतका सिमावर्ति सहरका उपभोक्ताहरु पनि सामान किन्न र सहज शपिङको अनुभव गर्न नेपाल आउने क्रम समेत बढेको छ ।

विराटनगर, भैरहवा, नेपालगन्ज तथा धनगढिमा भाटभटेनी स्थापना संगै भारतीयहरू सर-सामान किन्न र मनोरन्जन गर्नका लागि नेपाल आउने बड्दो रहेकोे छ । वीरगन्ज, जनकपुर, बिर्तामोड र दमकका स्टोरमा पनि यो क्रम जारी रहने अनुमान भाटभटेनी व्यवस्थापनले गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : १६ बजे

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत