४ पुस २०८२, शुक्रबार | December 20, 2025

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु



धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका- १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि बाघले आक्रमण गरेको हो ।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए। सार्कीसंग अन्य महिला भने बाघको आक्रमणबाट भागेर बच्न सफल भएका छन् ।

भारतीय प्रहरीले घटनाको मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको