७ भदौ २०८३, आइतबार | August 23, 2026

६ दलले समर्थन फिर्ता लिएपछि लुम्बिनी सरकार अल्पमतमा



बुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका छन् ।

त्यस अघि माओवादी सहित सहभागि साना दलका मन्त्रीहरुले राजिनामा दिएका थिए । माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका छन् । यो संगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीको सरकार अल्पमतमा परेको छ । गिरीले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ ।

संघमा बनेको नयाँ गठबन्धन अनुसार माओवादी सहितका साना दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । अब लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

खासगरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दावी भएको बताइरहेका छन् ।

लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी र जसपाका ३-३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् ।
गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : २१ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र