८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदको हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५४ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई पत्र बुझाइएको छ ।

संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र सहित ८ दल र एक स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन् ।

संघीय सरकारमा नेकपा एमाले(नेकपा माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । माओवादी सरकार बाहिरिएसँगै लुम्बिनीमा एमालेका संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा ८७ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी र जसपाका ३-३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् । गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए । प्रदेश सभाका १० दल मध्ये राप्रपाले ८ दललाई साथ दिएको छैन ।

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ३५ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको