१४ असार २०८३, आइतबार | June 28, 2026

चैती छठी मनाइँदै



ललितपुर । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् ।

चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले पहाडी क्षेत्रमा पनि समेत मनाउने गरिन्छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठीआदि नामले मनाइन्छ ।

चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख-शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी अस्था राखेको हुन्छ । काठमाडौं उपत्यकामा कमलपोखरी, बागमती खोला, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा मनाउन थालिएको छ ।

“अहिले शहरका पोखरी र नदी फोहर भएको हुनाले घरमै परिवार, छिमेकी र आफन्तलाई बोलाई रातभर जागरण बसी मिलेर छठ मनाउने गर्छु”, ललितपुर बाहुनचौरमा बस्ने ब्रतालु ललिता गुप्ताले भने, “समान सबै यहीँ पाउँछ तर गएको वर्षभन्दा चार गुणा समानको दाम महङ्गो भएको छ ।”

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । भोलिपल्ट सप्तमी ९पारन० का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जन गरिन्छ ।

साहित्यकार तथा संस्कृतविद् विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उनले भने, “यो प्राकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।” यो व्रत गर्नाले छालाको रोग हुने र निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास गरिन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ३३ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप