२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा दर्ताका लागि विज्ञसँग छलफल



लुम्बिनी । प्राचिन राजधानी कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि दस्तावेज तयार पार्ने कार्यलाई तिव्रता दिइएको छ ।

यूनेस्कोको सहयोगमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्र्तराष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरि विश्वसम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तिव्रता दिएको हो ।

शनिबार र आईतबार अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. यूकियो निसिमुरा(जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशिको उपस्थितीमा मनोनयन दस्तावेजका लागि विधागत बिषयमा गहन छलफल गरिएको छ ।

मनोनयन दस्तावेजमा पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातात्वविद् बसन्त विडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए । लुम्बिनी विकास कोषका बरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाईएको छ ।

आईतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ । छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे । उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलबस्तुको ऐतिहासिक र पुरातात्विक महत्व विश्वले चिन्ने बताए ।

हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालिन अवस्था उल्लेख गरेका तीर्थयात्रीहरुको भ्रमण जस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भइसकेको उपाध्यक्ष मैत्तयको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले कपिलबस्तु बुद्धको बंश रहेको र बुद्ध स्वयमले २९ बर्ष बिताएको ठाउँ रहेकाले तुरुन्त सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।

पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझावहरु आएको बताउँदै सिमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एंव स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए ।

यस्तै संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका आवश्यक प्रमाणहरु जुटाउँने काम भइरहेको बताए । उनले सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको बताउँदै स्थानीय रुपमा वातावरण अनुकुल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए ।

कार्यशालमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि कार्यतालिका, बिषयसूची, तिलौराकोटको बिशेषता र अदितिय अनुपम विश्वव्यापी महत्वका बारेमा छलफल गरिएको कोषका बरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

छलफलमा लुम्बिनी प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेल, यूनेस्को जापान फन्ड इन ट्रष्टका कन्सल्ट्यान्ट नभा थापा बस्नेत, कपिलबस्तु नगरपालिकाका नगर उपप्रमुख सुनिता गुप्ता, पूर्व वडाअध्यक्ष प्रकाश गैरे लगायतले बोल्दै तिलौराकोटलाई विश्व सम्पदाका रुपमा स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), योजना प्रमुख सरोज भट्टराई, पुरातात्व प्रमुख हिमाल उप्रेती, सूचना अधिकृत राजन भट्टराई , कपिलबस्तु शाखा प्रमुख माधव प्रसाद आचार्य लगायतकाे उपस्थिती रहेको थियो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : २४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक