७ पुस २०८२, सोमबार | December 23, 2025

देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै



त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालु आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

“सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ”, नगरप्रमुख न्यौपानेले भने, “अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।”

नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इञ्जीनियर टीकाराम बस्यालले जानकारी दिनुभयो । सबै वडामा एक-एकवटा अतिविपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नं २, ४, ७, ८, ९, १२, १५ र १६ थप एक-एक वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालु आर्थिक वर्षमा अतिविपन्न परिवारका लागि घर निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करिब रु छ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने इञ्जीनियर बस्यालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ४२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत