१ चैत्र २०८२, आइतबार | March 16, 2026

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा



काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाइन्छ भने आजकै दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने प्रचलन रहेको छ ।

चैते दशैंमा सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई बली चढाउने गरिन्छ ।

चैते दशेंमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन्। नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ। तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन्। असोजमा मनाईंने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैँलाई चैते दसैँ।चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ। एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ।हिन्दु धर्मालम्वीहरूले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन्।

पुराना कथनहरूका अनुसार पहिले पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दसैँलाई वर्षको मध्यमा सारीएको मान्यता छ। भारत, बङ्गलादेश र म्यानमारमा चैते नवरात्रि भन्ने चलन छ।

चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरूमा नेपाली सेनाको समेत सहभागीता रहन्छ। वलीका क्रियाकलापहरू पर्यटकहरूले सार्वनजिक रूपमा हेर्न पाउँछन्, पर्यटकिय रूपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ। अर्कोतर्फ प्राचिन समय देखिनै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ। उपत्यका बाहिर पनि भगवति मन्दिरहरू अनि शक्तिपीठहरूमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ। कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ।

आजकै दिनलाई मर्यादा पुरूषोत्तम रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्केको दिनकारुपमा पनि मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान रामले रावणको वध गरेका थिए । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गरेकी थिइन् । आजका दिन भगवान राम र नवदुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ। रामको १४ वर्षे वनवासबाट आज अर्थात चैते दसैँका दिन सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन्।

मुख्य दसैँमा झै चैते दसैँमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ। देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरू पाठ गरिन्छ। घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ। आज अशोकको फूल खाने गरिन्छ। फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ।

छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन पनि रहेको छ। माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरू वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ११ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन