१ पुस २०८२, मंगलबार | December 16, 2025

मंगलबार घटेको सुनचाँदीको मुल्य आज बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बुधबा। चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ०८ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच