१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने



काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

“हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ”, अध्यक्ष लामाले भने । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको बाह्र घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ ।

अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको व्यवस्था अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएको बताए। “कार्यान्वयनका लागि सम्बन्धित संस्थासँग सहकार्य र छलफल गर्नेछौँ”, अध्यक्ष लामाले भने। नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै छायाङ्कन गर्न आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियम ल्याउँदैछ । नेफ्टाको निर्णय २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी छ ।

नेफ्टा अगाडि नै नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत संगीतको भिडियोमा नृत्य गर्ने कलाकारको आगामी वैशाख १ गतेदेखि पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिसकेको छ । सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले चलचित्रमा गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको थियो । यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक र म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको सङ्घले जानकारी दिएको थियो । सबैले आ–आफ्नै तरिकाले पारिश्रमिक बढाउँदा त्यसको असर चलचित्र निर्मातालाई पर्ने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।

“यसरी नै सबैको पारिश्रमिक बढ्ने हो भने निर्माताले काम गर्ने वातावरण असहज हुन्छ । बढाउनुपर्ने पारिश्रमिक बढाउन हामी तयार छौँ । तर निर्णय गरेर छलफल गर्नेभन्दा पनि छलफल गरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो”, अध्यक्ष खड्काले भने । उनले सङ्घको आधिकारिक धारणा कार्यसमिति बैठकले निर्णय गरेर गर्ने जानकारी दिए। निर्माताहरू चलचित्र निर्माणमा लागत बढेको भन्दै छायाङ्कन रोक्नेसम्मको निर्णय गर्ने सक्ने छलफलमा छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा