२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

नेप्सेमा झिनो अङ्कको सुधार



काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ ।

आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह छ दशमलव ५४ र अन्य समूह सात दशमलव ५८ अङ्कले बढेको छ ।

आज उपसूचक घट्नेमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ७९ र व्यापार समूहको उपसूचक १९ दशमलव ०७ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव १५, विकास बैंक समूह १५ दशमलव ७८, वित्त समूह पाँच दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ०९, उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ९३ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०२ अङ्कले घटेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

एनआइसी एसिया लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ५६ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्लोबल आईएमई बैंक प्रमोटर शेयर एक लाख पाँच हजार एक सय ५२ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ५५ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary