१४ बैशाख २०८३, सोमबार | April 27, 2026

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री



चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् ।

उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : १९ बजे

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति