४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्वर्णिम वाग्ले कांग्रेस छाडेको सन्देश पठाएर सम्पर्क विहीन



काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेसको घोषणा पत्रका मस्यौदाकार रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका छन् । वाग्लेले कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित देउवा इतरका ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएर सम्पर्क विहीन भएको कांग्रेसको उच्च स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेसँगै वाग्लेले नेताहरुलाई सन्देश पठाएर सम्पर्क बाहिर पुगेको ती नेताले बताए । स्रोतका अनुसार वाग्लेले महामन्त्रीद्वयसँगै देउवा इतरका नेताहरु शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको जनाएका हुन् ।

वाग्लेले कांग्रेसमा नरहेको भन्दा पनि ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्ने सन्देश पठाएको स्रोतको दाबी छ । स्वर्णिमको एसएमएस आए लगत्तै महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेपनि वाग्ले सम्पर्कमा आएका छैनन् ।

स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा तनहुँबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : ४८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज