२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

मन्त्रिपरिषदको विस्तार शुक्रबार हुने, ३ बजे सपथको तयारी



काठमाडौँ । आज गर्ने भनिएको मन्त्रिपरिषद विस्तारको कार्यक्रम एकदिन पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषदको विस्तार हुने घोषणा गरेपनि सत्ता गठबन्धनकाबीच मन्त्रालयका विषयमा कुरा नमिलेपछि शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयका विषयमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार शुक्रबार सम्मलाई सरेको हो ।

दलहरुबीच संख्याका विषयमा सहमति जुटेपनि उकै मन्त्रालयमा धेरैदलको दाबी आएपछि कुरा मिल्न नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयका विषयमा टुंगो लागेपनि अन्य मन्त्रालयहरुमा एक भन्दा बढी दलको दाबी आएको छ । अर्थ र रक्षा कांग्रेसले तथा गृह र सञ्चार माओवादी केन्द्रले लिने दलहरु सहमत भईसकेका छन् । शुक्रबार बिहान एक चरण गठबन्धनका नेताहरुसँग छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ५२ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान