४ पुस २०८२, शुक्रबार | December 20, 2025

मन्त्रिपरिषदको विस्तार शुक्रबार हुने, ३ बजे सपथको तयारी



काठमाडौँ । आज गर्ने भनिएको मन्त्रिपरिषद विस्तारको कार्यक्रम एकदिन पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषदको विस्तार हुने घोषणा गरेपनि सत्ता गठबन्धनकाबीच मन्त्रालयका विषयमा कुरा नमिलेपछि शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयका विषयमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार शुक्रबार सम्मलाई सरेको हो ।

दलहरुबीच संख्याका विषयमा सहमति जुटेपनि उकै मन्त्रालयमा धेरैदलको दाबी आएपछि कुरा मिल्न नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयका विषयमा टुंगो लागेपनि अन्य मन्त्रालयहरुमा एक भन्दा बढी दलको दाबी आएको छ । अर्थ र रक्षा कांग्रेसले तथा गृह र सञ्चार माओवादी केन्द्रले लिने दलहरु सहमत भईसकेका छन् । शुक्रबार बिहान एक चरण गठबन्धनका नेताहरुसँग छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको