लुम्बिनी । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई सरकारीकरण गर्न खोजिएको भन्दै उक्त कार्य तत्काल सुधार गर्न चेतावनी दिएको छ ।
लुम्बिनीमा शुक्रबार आयोजित राष्ट्रिय मिडिया सम्मेलनमा बोल्दै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको प्रवृत्ति सुधारका लागि आग्रह गरे ।
महासंघले पत्रकार सम्बद्ध संगठनहरुलाई बेवास्ता गरेको भन्दै यदी त्यसो गरिए आफैलाई घातक हुने चेतावनी दिए । त्यसैगरी पत्रकार महासंघले खुट्टा नकमाइकन सुद्धिकरणमा लाग्न समेत उनले सुझाव दिए ।
सुद्धिकरणका लागि प्रेस चौतारी आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले कार्यान्वयनका लागि आग्रह गरे । फरक प्रसङ्गमा उनले विज्ञापन बोर्ड विज्ञापन एजेन्सीसँग दलाली गर्न लागेको आरोप लगाउँदै सुधारका लागि आग्रह गरे ।



















प्रतिक्रिया