३० असार २०८३, मंगलबार | July 14, 2026

मन्त्रिपरिषद् विस्तार : को को बन्दैछन् आज मन्त्री ?, पाँच मन्त्रालय प्रधानमन्त्रीकै साथमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । तीन महिनामा सातौं पटक पुनर्गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउनेभएको छ ।

आज केही मन्त्रीहरुलाई शपथ गराउने मात्रै योजना रहेको छ । अझै पनि पाँचवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै साथमा रहनेभएका छन् ।

आज मन्त्रीहुन लागेकाहरुमा कांग्रेसबाट पूर्णबहादुर खड्कासहित चार जनाले शपथ लिनेभएका छन् । खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री बन्न लागेका छन् । अर्थमन्त्री डा प्रकाश शरण महत बन्दैछन् भने रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ शहरी विकास मन्त्री बन्न लागेका छन् । परराष्ट्रमन्त्रीसहित बाँकी तीन मन्त्री टुंग्याउन कांग्रेसले सकेको छैन ।

यसैगरी, माओवादीले उर्जा मन्त्रालय थप पाएपछि शक्ति बस्नेत मन्त्री बन्नेभएका छन् । माओवादीले पाँच मन्त्रालय पाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिने भएका छन् ।

जनता समाजवादी पार्टीबाट अशोक राईले मात्रै शपथ लिन लागेका छन् । दुई मन्त्रालय पाएको जसपाको अर्को मन्त्रीमा राजकिशोर यादव र प्रदीप यादवमध्ये को मन्त्री बन्ने भन्ने विवाद देखिएपछि अहिलेलाई स्थगित गरिएको छ । राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न लागेका छन् ।

यस्तै, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका छन् ।

नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्न लागेकी छिन् ।

नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका छन् ।
यसैगरी, जनमत पार्टीका अब्दुल खान भने विगतकै खानेपानी तथा सरसफाइ मन्त्री रहेका छन् ।

प्रधानमन्त्रीसँग अझै पनि पाँच मन्त्रालय बाँकी रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले नै अझै केहिदिन सम्हानेभएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : १९ बजे

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक