५ पुस २०८२, शनिबार | December 20, 2025

मन्त्रिपरिषद् विस्तार : को को बन्दैछन् आज मन्त्री ?, पाँच मन्त्रालय प्रधानमन्त्रीकै साथमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । तीन महिनामा सातौं पटक पुनर्गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउनेभएको छ ।

आज केही मन्त्रीहरुलाई शपथ गराउने मात्रै योजना रहेको छ । अझै पनि पाँचवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै साथमा रहनेभएका छन् ।

आज मन्त्रीहुन लागेकाहरुमा कांग्रेसबाट पूर्णबहादुर खड्कासहित चार जनाले शपथ लिनेभएका छन् । खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री बन्न लागेका छन् । अर्थमन्त्री डा प्रकाश शरण महत बन्दैछन् भने रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ शहरी विकास मन्त्री बन्न लागेका छन् । परराष्ट्रमन्त्रीसहित बाँकी तीन मन्त्री टुंग्याउन कांग्रेसले सकेको छैन ।

यसैगरी, माओवादीले उर्जा मन्त्रालय थप पाएपछि शक्ति बस्नेत मन्त्री बन्नेभएका छन् । माओवादीले पाँच मन्त्रालय पाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिने भएका छन् ।

जनता समाजवादी पार्टीबाट अशोक राईले मात्रै शपथ लिन लागेका छन् । दुई मन्त्रालय पाएको जसपाको अर्को मन्त्रीमा राजकिशोर यादव र प्रदीप यादवमध्ये को मन्त्री बन्ने भन्ने विवाद देखिएपछि अहिलेलाई स्थगित गरिएको छ । राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न लागेका छन् ।

यस्तै, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका छन् ।

नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्न लागेकी छिन् ।

नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका छन् ।
यसैगरी, जनमत पार्टीका अब्दुल खान भने विगतकै खानेपानी तथा सरसफाइ मन्त्री रहेका छन् ।

प्रधानमन्त्रीसँग अझै पनि पाँच मन्त्रालय बाँकी रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले नै अझै केहिदिन सम्हानेभएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको