४ पुस २०८२, शुक्रबार | December 20, 2025

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’



निमुखा र गरिबको
रगत र पसिना चुसेर
ठडिएको महल, महल हैन त्यो !
म भन्छु
उपियाँको खाडल हो त्यो !

…………

आफ्नो स्वार्थको लागि
अघि पछि नाचिरहेर
चुसि चुसि खोक्रो पार्ने
नियति हो त्यो !

…………

सुनको थालमा खाइ, चुठेर
सामाजिक संजालमा खोक्रो
गरिबी माया देखाउने
नाटकीय प्रदर्शनी हो त्यो !
म भन्छु
उपियाँको रङ्गमञ्च हो त्यो !

…………

आफ्नाबारे आफै प्रचार गर्ने
एउटा माध्यम हो त्यो
कसैले तपाईं भनोस नभनोस
आफै मपाईंं गर्न लडने ठाउँ हो त्यो !
म भन्छु
उपियाँको खेल मैदान हो त्यो !

…………

देखावटी संसारलाई छारो हाल्ने
रंगिन कपडा पछाडि लुकेको
वास्तविक कालो धन हो त्यो !
म भन्छु
उपियाँको दैनिकि हो त्यो !

…………

उपियाँको खाडल हो त्यो !
उपियाँको नियति हो त्यो !
उपियाँको रङ्मन्च हो त्यो !
उपियाँको खेल मैदान हो त्यो !
उपियाँको दैनिकी हो त्यो !

म भन्छु
उपियाँको साम्राज्य हो त्यो !

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको