५ भदौ २०८३, शुक्रबार | August 21, 2026

टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने टानको विश्वास



काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन् ।

“नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निर्णयको स्वागत गर्दछ”, अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाइ थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए ।

पर्वतीय पर्यटनद्वारा राज्यको कूल ग्रार्हस्थ्य उत्पादनमा पु¥याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ४१ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, वरिष्ठ नेता शाह बैठक छाडेर मुस्ताङ प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती