१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक



बुटवल । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ ।

भैरहवाको होटल एसियन बुद्धमा नेपाल चलचित्र बोर्डका अध्यक्ष तथा नायक भुवन केसी र पाठक मोटर्स ग्रुप प्रा.लिका अध्यक्ष सुन्दर पाठकले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नयाँ संस्करणको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपालका लागि आधिकारिक विक्रेता पाठक मोटर्स ग्रुप प्रालिका निर्देशक बाबुराम पाठकका अनुसार यो संस्करण ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो ।

यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्ट फ्युरिजम डिजाइन ल्याङ्गोइजको प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । नयाँ उत्पादन बारे जानकारी गराउँदै निर्देशक पाठकले भने- ‘सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिर्चसहरु पनि पाउन सकिन्छ ।’

प्रा.लिका म्यानेजर सर्जुना थैवका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक विक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट-जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिश र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने उनले बताइन् ।

उनका अनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक-फरक ड्राइभिङ कन्डिसन हुन जसको लागि एसयूभी उचित हुन्छ ।’- उनले भनिन् । प्रा.लिका सञ्चालक अभिषेक पाठकका अनुसार पानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सहचालकलाई भेन्टिलेटेड सीट लगायतका विशेषता ग्रान्ड भिटारामा रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ३ : ०५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको