२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

‘नेपालको जय होस्’ गीतको विमोचन



बुटवल । राष्ट्रियताको पक्षमा तयार पारिएको गीत ‘नेपालको जय होस्’ को विमोचन गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालका संस्थापक अध्यक्ष विश्वराज गैरद्दारा प्रस्तुत गीतको विशेष कार्यक्रमको आयोजना गरी शनिबार बुटवलमा विमोचन गरिएको हो ।

नेपाली सेना मध्ये पश्चिम बुटवलका उपरथी यामप्रसाद ढकालले उक्त गीतको विमोचन गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै उहांले नागरिकका लागि राष्ट्रियता सबै भन्दा ठूलो विषय भएकाले राष्ट्रियताको पक्षमा वोल्नु र गीत बनाउनु सकरात्मक पक्ष भएको बताए ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा नेपालको जयहोस गीतको छायांकन रुपन्देहीको बुटवल, लुम्बिनी र पोखरामा भएको हो । स्वतन्त्र नागरिक समूह नेपालले बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट छायाकंन शुभसाइत गरिएको थियो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, रुपन्देही शंकरनगरको वनबाटिका, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय हुंदै पोखरामा छायाकंन सम्पन्न भएको थियो ।

म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ । राष्ट्र भक्तीको भावनालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ । नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।

स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाईएको हो । स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेको अध्यक्षता र महासचिव टोपबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ५९ बजे

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट