१९ बैशाख २०८१, बुधबार | May 1, 2024

काठमाडौमा ट्रकको ठक्करबाट अर्घाखाँचीका शाखा अधिकृत पाण्डेको मृत्यु



काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् ।

मृतक पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागमा शाखा अधिकृत हुन् ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अ अ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : २८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी