२ चैत्र २०८२, सोमबार | March 16, 2026

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी



तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ । “हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भने, “त्यसैले हामीले कडारुपमा अघि बढेका छौँ ।”

अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि आगामी आजदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरी तयारी गरिएको छ । तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् ।

ती सबै बिहान ११ बजेदेखि सहभागी भएर अव्यवस्थित तारलाई अव्यवस्थित गर्ने निर्णय भएको छ । यदि नियमित दुई पटकसम्म सहभागी नहुने र आफ्नो तार अव्यवस्थित नगर्ने कम्पनीलाई विद्युत्को नियमअनुसार कारबाही गर्ने निर्णय भएको छ ।

यसअघि पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा पनि कुनै काम नभएपछि प्राधिकरण प्रमुख फर्सालसहितको टोली आफैँ कार्यालयमा पुगेर मौखिक र लिखितरुपमा जानकारी समेत गराएको थियो ।

प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मङ्सिर २७ गते एक हप्ताभित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । तुलसीपुरको वीरेन्द्र चोकदेखि पश्चिममा कालीमाटी, पूर्वमा हेमन्तपुर, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : १४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित