२१ माघ २०८२, बुधबार | February 4, 2026

विद्यार्थी खोज्दै मल्पी इन्टरनेशनल स्कुलका संचालकहरु बुटवलमा



बुटवल । शैक्षिक क्षेत्रमा फरक पहिचान दिएको दाबी गर्दै आएको मल्पी ईन्टरनेशनल स्कुलले बुटवलमाएक कार्यक्रम गरेर अभिभावकहरुलाई विद्यालयका विशेषताहरु जानकारी गराएको छ । विद्यालयमा नया शैक्षिक सत्र शुरु भएसंगै बुटवलका अभिभावकहरुलाई लक्षित गरी स्कुलले अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

अभिमुखिकरणका लागि बुटवल आएका स्कुलका संचालक तथा अधिकारीहरुले अन्य स्कुलहरु भन्दा मल्पीले छुट्टै पहिचान दिन सकेको दाबी गरे । उनीहरुले पूर्ण आवासिय र घरेलु वातावरणमा अध्यापन गराईने भएकाले मल्पी गुणस्तरिय शिक्षा लिने असल गन्तब्य बन्न सक्ने बताए । २४ औ सताब्दीको नागरिक जन्माउने उद्देश्यका साथ मल्पीले आफ्नो शैक्षिक गतिबिधि गरिरहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै मल्पीकाएकेडेमीक कोअर्डिनेटर जिवनाथ अर्यालले २३ वर्षअघि स्थापना भएका विद्यालयले गुणस्तरीय शिक्षाको लागि विदेश जाने प्रवृत्ति रोक्न सफल भएको बताए । उनले काठमाडौका ५० जना संस्थापकहरुबाट २१ औ शताब्दीको आवश्यकता अनुसार गुणस्तरीय र ब्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय स्थापना गरिएको बताए ।

विद्यालयको विशेषताहरुको वर्णन गर्दै उनले स्कुल भित्र विभिन्न समुदाय स्थापित गरी विद्यार्थीहरुमा सिकाईको भावना विकास गर्ने गरिएको जानकारी दिए । विद्यार्थीहरुलाई विषयगत नेता बनाउने गरि शैक्षिक कार्यक्रम संचालन गरिएको दाबी गर्दै उनले मल्पीमा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्षेत्रमा अगुवा बन्ने खुबी राख्न सक्ने जनशक्ति हुने बताए ।

स्कुलले अन्तर्राष्ट्रिय एक्सचेञ्ज कार्यक्रम अन्तर्गत पोल्यान्ड, अमेरिका, डेनमार्क, सिगापुर, मलेसिया, भारत लगायत देशका विद्यार्थी र मल्पिका विद्यार्थीहरु बीच संस्कृति आदानप्रदान र पढाईको ज्ञान दिदै आएको पनि उनले बताए ।

काठमाडौबाट ३० किलोमिटर र बनेपादेखि ७ किलोमिटरको दुरीमा विद्यालय रहेको छ । स्वच्छ वातावरण, सुन्दर र शान्त वातावरणमा रहेको छ ।विद्यालयको ३ सय विद्यार्थीहरुलाई आवासिय सेवा दिनसक्ने क्षमता छ ।

स्कुलले शैक्षिक, फिजिकल, कोकरिकुलर, सोसियल रुपमा क्षमतावान बनाउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक चन्द्रायन प्रधान श्रेष्ठले बताए । उनले २१ औ शताब्दीको माग अनुसार शैक्षिकमात्र नभई आजको समयमा जीवन जिउने सीप विकासको ज्ञान दिने गरिएको बताए । यसैगरी शिक्षकहरुलाई समेत प्रिप्राईमेरी, प्राईमेरी, सेकेण्डरीका तालिम दिने गरिएको पनि उनले बताए ।

विद्यालयका पुर्व अभिभावक डा अखिलेश चौधरी तथा पुर्व विद्यार्थी हिसिला शाक्यले विद्यालयको वातावरण धेरै राम्रो रहेको दाबी गरे । विद्यालयले एकपटक विद्यालयमा अवलोकन भ्रमण गर्ने गरि आउन बुटवलका अभिभावकहरुलाई आमन्त्रण पनि गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ५१ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक