३० असार २०८३, मंगलबार | July 14, 2026

उपनिर्वाचनमा हुने छैनन् माओवादी उम्मेदवार



काठमाडौँ । आफ्नो नेतृत्वको सरकार टिकाउन र सत्ता गठबन्धनलाई निरन्तरता दिन भन्दै बैशाख १० गते हुने उप निर्वाचनमा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा माओवादीले आधिकारिक उम्मेदवार नउठाउने भएको हो ।

माओवादीले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई सघाउने छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई, तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई र बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको माओवादीले जनाएको छ । समानूपातिक मत ८ हजार ४०७ रहेको चितवन २ मा कांग्रेस नेता श्रेष्ठलाई सघाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए ।

समानुपातिकमा ७ हजार ३२६ मत रहेको तनहुँमा पनि माओवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गर्ने निर्णय भएको माओवादीकी केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका स्थानीय माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउन दवाव दिएपनि अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मदवारलाई सघाउन निर्देशन दिएको तनहुँका एक माओवादी नेताले बताए ।

उता बारामा पनि यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको भएपनि पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : २५ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट