२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

उपनिर्वाचनमा हुने छैनन् माओवादी उम्मेदवार



काठमाडौँ । आफ्नो नेतृत्वको सरकार टिकाउन र सत्ता गठबन्धनलाई निरन्तरता दिन भन्दै बैशाख १० गते हुने उप निर्वाचनमा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा माओवादीले आधिकारिक उम्मेदवार नउठाउने भएको हो ।

माओवादीले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई सघाउने छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई, तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई र बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको माओवादीले जनाएको छ । समानूपातिक मत ८ हजार ४०७ रहेको चितवन २ मा कांग्रेस नेता श्रेष्ठलाई सघाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए ।

समानुपातिकमा ७ हजार ३२६ मत रहेको तनहुँमा पनि माओवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गर्ने निर्णय भएको माओवादीकी केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका स्थानीय माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउन दवाव दिएपनि अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मदवारलाई सघाउन निर्देशन दिएको तनहुँका एक माओवादी नेताले बताए ।

उता बारामा पनि यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको भएपनि पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : २५ बजे

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

काठमाडौं। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च

रुसका राष्ट्रपति पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु