६ भदौ २०८३, शनिबार | August 22, 2026

२८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । उक्त ट्रेजरी मंगलबार जारी हुनेछ भने आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ४ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुने छ।

यता ९१ दिनको लागि पनि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १९ गते परिपक्व हुनेछ ।

उक्त ट्रेजरी बिल १८२ दिनका लागि ५३ करोड रुपैयाँका ट्रेजरी बिल जारी गर्ने र २०८० असोज १६ गते परिपक्व हुनेछ ।

यसैगरी ३६४ दिन अर्थात् एक वर्षको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० चैत २० गते परिपक्व हुने बैंकले जानाएको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ३९ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी