९ भदौ २०८३, मंगलबार | August 25, 2026

अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य



मध्यबिन्दु । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ ।

गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूलमालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरूङ्ग हुने गर्दछ । सिमान्तकृत समुदायमा पर्ने थारुसहित बोटे, मुसहरलगायतका जातजातिको बसोबास रहेको यस ठाउँमा सञ्चालनमा आएको अमलटारी सामुदायिक होमस्टेसँगै यो गाउँ यतिखेर गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

थारु समुदायद्वारा सञ्चालित घरबासमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुरुमा रु साढे तीन लाखको लागतमा निर्माण गरिएका घरबास अहिले रु छ लाख बराबरको लागतमा निर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारुले बताए ।

“थारु समुदायका व्यक्तिको सक्रियतामा सञ्चालित यहाँको घरबासमा पुग्ने पर्यटकले कला, संस्कृति, स्थानीय रहनसहन र खानाका परिकारको स्वादमा रमाउने मात्र होइन अध्ययन पनि गर्ने गरेका छन्”, उनले भने, “यहाँका गाउँलेको जीवन फेरिएको छ, घरबास सञ्चालन भएपछि धेरै युवाले रोजगारी पाएका छन् ।”

घरबासमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ ।

“संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरू गरिएको घरबासले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ”, मर्दनियाले भने, “पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकले अहिले घरबास भरिभराउ हुन्छन् ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस घरबासलाई नेपालकै उत्कृष्ट भनेर पुरस्कृतसमेत गरेको थियो । अमलटारीलाई सरकारले ‘गाउँ गन्तव्य २०७२’ समेत घोषित गरेपछि राष्ट्रियस्तरका कार्यक्रम यहाँ नै हुने गरेका छन् । प्रायः स्वदेशी पर्यटक यहाँका घरबासमा बस्ने गरेका छन् । घरबास बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत कावासोती डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा छ । विसं २०७० मा १८ घरबाट सुरू भएको घरबासमा अहिले ३१ घर छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : १५ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी