७ पुस २०८२, सोमबार | December 22, 2025

‘अस्पतालको स्तरवृद्धि मात्रै होइन रोग नलाग्ने वातावरणको सृजना गर्नुपर्छ’



बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयका स्वास्थ्य अधिकृत भरत बहादुर महतले सरकारले अस्पतालको स्तर वृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने बताएका छन् ।

८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले सरकारले अस्पतालको स्तरवृद्धिलाइ ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने गरेको बताए । सोमबार मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा बोल्दै प्रमुख कुंवरले मानिस स्वास्थ्य रहनु भनेको शारीरिक रुपमा मात्रै ठिक हुने मात्रै नभई मानसिक र भावनात्मक रुपमा समेत ठिक हुनु रहेको बताए ।

विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि १० प्रतिशतसम्म बजेट सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु पर्ने बताउने गरे पनि ५/६ प्रतिशत मात्रै स्वास्थ्यमा बजेट छुटाउने गरिकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले खानपानमा ध्यान दिए नसर्ने रोगबाट बच्न सकिने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने बताए । साथै बुटवल उपमहानगरपालिका भित्रका नागरिकमा पनि नसर्ने रोग लाग्नेको संख्या बढ्दै रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रेस सल्लाहाकार सिपि खनालले मोफोसलका पत्रकारहरुले सबै विटमा कमल चलाउनु पर्ने बाध्यता रहे पनि पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी धेरै रिपोर्ट मोफोसलबाट नै आउने गरेको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ११ : ०० बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८