५ चैत्र २०८२, बिहिबार | March 19, 2026

‘अस्पतालको स्तरवृद्धि मात्रै होइन रोग नलाग्ने वातावरणको सृजना गर्नुपर्छ’



बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयका स्वास्थ्य अधिकृत भरत बहादुर महतले सरकारले अस्पतालको स्तर वृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने बताएका छन् ।

८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले सरकारले अस्पतालको स्तरवृद्धिलाइ ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने गरेको बताए । सोमबार मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा बोल्दै प्रमुख कुंवरले मानिस स्वास्थ्य रहनु भनेको शारीरिक रुपमा मात्रै ठिक हुने मात्रै नभई मानसिक र भावनात्मक रुपमा समेत ठिक हुनु रहेको बताए ।

विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि १० प्रतिशतसम्म बजेट सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु पर्ने बताउने गरे पनि ५/६ प्रतिशत मात्रै स्वास्थ्यमा बजेट छुटाउने गरिकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले खानपानमा ध्यान दिए नसर्ने रोगबाट बच्न सकिने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने बताए । साथै बुटवल उपमहानगरपालिका भित्रका नागरिकमा पनि नसर्ने रोग लाग्नेको संख्या बढ्दै रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रेस सल्लाहाकार सिपि खनालले मोफोसलका पत्रकारहरुले सबै विटमा कमल चलाउनु पर्ने बाध्यता रहे पनि पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी धेरै रिपोर्ट मोफोसलबाट नै आउने गरेको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ११ : ०० बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि