४ पुस २०८२, शुक्रबार | December 20, 2025

बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे



काठमाडौं । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् ।

दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०-१० खेलाडीमा सिमित हुन परेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए  तर दोस्रो हाफको अन्तिम मिनेटमा एभरटनका माइकल किनले गोल फर्काएर खेललाई १-१ को अवस्थामा ल्याईदिए ।

बराबरीको खेल खेलर अंक बाडेका दुवै टोलीले १०-१० खेलाडीमा सिमित रहेर खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियाे भने टोटनहमका लुकास माउरा खेलकाे अन्तिम समयमा अर्थात ८८ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको