१६ असार २०८३, मंगलबार | June 30, 2026

आईपीएल : दोस्रो खेलमा चेन्नईको पहिलो जित



काठमाडौं । इन्डियन प्रमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले पहिलो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा चेन्नईले लगनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गर्‍यो ।

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनाउन सक्यो ।

लखनउलाई २०५ रनमा रोक्नका लागि चेन्नईका मोईन अलीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अलीले मात्र २६ रन खर्च गरेर ४ विकेट लिए । यस्तै, तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टेनरले १ विकेट लिए ।

लखनउका लागि ओपनर कायल मेयर्सले २२ बलमा ५३ रन बनाए । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे । निकोलस पुरनले १८ बलमा ३२ रन बनाए भने मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाए ।

कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रन बनाए । अर्धशतकीय इनिङ खेल्ने क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र कन्वेबीच ११० रनको साझेदारी भएको थियो । अंबाती रायडू १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलीले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।

लखनउका लागि मार्क वुड र रवि विस्नोइले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे । दोस्रो खेलमा पहिलो जित निकालेको चेन्नई २ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा छ । दोस्रो खेलमा पहिलो हार बेहोरेको लखनउ २ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ५१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल , ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी