२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

उपनिर्वाचन : आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने



काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको आयोगले जनाएको छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारप्रति चित्त नबुझेमा वा उम्मेदवारीमा कुनै कानुनी कैफियत भए उजुरी दिन सकिने आयोगले जारी गरेको कार्यतालिकाका उल्लेख छ । आज परेका उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गर्ने निर्वाचन आयोगले बनाएको कार्यतालिकामा लेखिएको छ ।

आयोगको कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्काशन हुनेछ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ४१ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको