१४ भदौ २०८३, आइतबार | August 30, 2026

कृषि क्षेत्रका गतिविधि जानकारी लिँदै मन्त्री भुसाल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।

कोशी, मधेश र कर्णालीका कृषिमन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै बोलाएर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिएका हुन् ।

सो क्रममा उनले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशनसमेत दिए ।

नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारीपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने, “कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसँग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाईं सचेत रहन सक्नुभयो भने पनि धेरै सुधार हुन्छ । तपाईंहरू इमान्दार भएर काम गर्नुहोला ।’

मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोहीअनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । सो अवसरमा पोखरा उप–महानगरपालिकाका प्रमुख धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिएका थिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : १४ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका